Monday, November 7, 2011

London Buses; they are not reliable.



Let's see these two pictures related with London buses, I was waiting bus outside of North Acton station, where only bus no. 266 runs. When I came to the bus stop the display was showing two buses after 15 mins, after two minutes I decided to take photos, which are just below. Furthermore I took the photo of the time table on the stop which clearly says that in Friday afternoon bus runs in every 8 mins.


Count-down shown in bus stop.

Friday, October 28, 2011

नेचुरल हिस्ट्री म्युजियम, अक्सफोर्डका केही तस्विरहरु

नेचुरल हिस्ट्री म्युजियम, अक्सफोर्डका केही तस्विरहरु


मानब निर्मित चितुवा 


यो करिब ६५०००००० बर्ष पुरानो डाइनोसरको कंकाल

Saturday, October 22, 2011

तिहार आयो, घरको यादले सताई रहेछ



तिहार आयो, घरको यादले सताई रहेछ

तिहारमा घर सयपत्री र मखमली फूलले सजिएको र  झिलमिल भएको एउटा तस्बिरले सधै सधै घरको याद ताजा बनाएर ल्याउछ; तिहार दैलामै आइपुग्दा आज फेरी मलाई त्यस्तै अनुभति भयो |



तपाई सबैलाई यमपन्चक (तिहार) को हर्द्दिक मंगलमय शुभकामना 

Saturday, October 15, 2011

बेलायतको सबैभन्दा अग्लो भबनको कहानी


बेलायतको सबैभन्दा अग्लो भबनको कहानी


लण्डन ब्रिजको म  पढ्ने क्याम्पस छेउ बन्दै गरेको यो भबनको नाम हो 'द शार्ड' हो | यो बेलायतको सबैभन्दा अग्लो भबन हुने भएको छ |  आउनुहोस आज यही भवनको कुरा गरौ |

को हुन् त यो भवनको डिजाइनर ?
यो भबन औपचारिक रुपमा २०१२को मे महिनाबाट खुल्ने भएको छ | अहिले यसको निर्माण अन्तिम चरणमा पुगिसकेको छ | ८७ तल्लाको तो भबनका डिजाइनर इटालीका रेन्जो पिएनो हुन् | उनि विश्वका चर्चित र नामी डिजाइनरका रुपमा चिनिन्छन | ओसाका जापानको कान्सकी अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल, नेदरल्याण्डको NIMO साइन्स म्युजियम, न्युयोर्कको मोर्गन लिबर्टी, न्युयोर्ककै न्युयोर्क टाइम्सको भबन, सिड्नीको औरोरा प्लेस उनले डिजाइन गरेका केही प्रतिनिधि भबनहरु हुन् | यो भन्दा बाहेक उनको डिजाइनका लस एन्जल्स काउन्टी म्युजियम अफ आर्ट्स, कोलम्बिया विश्वबिद्यालय, हार्बर्ड आर्ट म्युजियम, रेन्जो पिएनो टावर क्यालिफोर्निया, माल्टाको संसदीय भबन, माल्टाकै ओपेरा हाउस लगायतका भबनहरु निर्माणका क्रममा छन् |